काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष बिष्णु प्रसाद पौडेललाई विशेष अदालत काठमाडौंले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्न पौडेललाई आज न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
पौडेललाई यसअघि नै अदालतले ३ पटकसम्म म्याद थप गरिसकेको छ ।





प्रतिक्रिया दिनुहोस्