Skip to content

आत्मदाह: प्रेमप्रसादले आत्मदाह गर्दा बालेनले भनेका थिए- राज्य चरम असफल, हरेक तप्का, निकाय र अंगहरु असफल भए

काठमाडौैं । बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आर्थिक अभावका कारण एक युवाले आत्मदाह गरे ।

उनी हुन् मुुगु जिल्लाको सोरु गाँउपालिका–१ का २५ बर्षीय गणेश नेपाली । महानगरप्रहरीले मोटरसाइकलमा लक लगाएपछि लक खोल्न अनुनयमविनय गर्दा पनि महानगरप्रहरीले उनको अनुनयविनय नसुनेपछि उनले आत्मदाहको बाटो रोजे । उनको मोटरसाइकलमा लक लागेपछि १ हजार रुपैयाँ जरिवाना तिनुपर्ने भयो । उनले आफुसँग पैसा नभएको गुनासो समेत गरेको स्थानीयको भनाइ छ । उनको आज बिहान साढे ११ बजे निधन भएको छ ।

यो घटनाले यतिबेला देश नै शोकमा छ । पैसा अभावले एक जना नेपाली युवाले आत्मदाह गरे । यो घटनासँगै अहिले ३ वर्ष अघिको घट्ना चर्चाको सहतमा आएको छ ।

इलामका प्रेमप्रसाद आचार्यले २०७९ माघ १० गते दिउँसो नयाँबानेश्वरस्थित संसद भवनमा संसद बैठक चलिरहेका बेला बाहिर आत्मदाहको प्रयास गरे । गम्भीर रूपमा घाइते भएको उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भयो । यता आज निधन नभएका नेपालीलाई भने उपचारका लागि भने कीर्तिपुरस्थित बर्न अस्पताल नभएर वीर अस्पतालमा नै राखियो ।
निधन भएका आचार्यले हरेक काम गर्ने प्रयास गर्दा कतैबाट सफलता पाउन नसकेको कारण आत्महत्या गर्नुपरेको सामाजिक संजालमार्फत जानकारी गराएका थिए ।

आचार्यले आत्महत्या गरेका बेला प्रचण्डको नेतृत्वमा सरकार थियो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने थिए । त्यो बेला काठमाडौँको मेयर थिए अहिलेका प्रधानमन्त्री बालेन साह ।

आचार्यको मृत्यु भएको बेला तत्कालिन मेयर शाहले निकै लामो स्टाटस लेखेर त्यो घट्नालाई राज्यको चरम असफलता भएको दाबी गरेका थिए ।

उनले भनेका थिए “एकजना नागरिक आफुले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन् । एकजना नागरिक आफुले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन् । एकजना नागरिक संसद भवनको अगाडि आफुमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन् । त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरु होलान् तर सबै भन्दा ठुलो कारण राज्य हो । र, सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो । उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्दारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ । राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएका छन् ।

नागरिककारुपमा, जनप्रतिनिधीकारुपमा, सत्ताका अगुवाकारुपमा, सञ्चारमाध्यमकारुपमा हामी सबै असफल भइरहेका छौँ । नागरिकले गर्नु पर्ने सामान्य दायीत्व पुरा गर्नु पर्ने चेत हाम्रो छैन । हामीलाई नियम नमान्दा र पालो मिच्दा असामान्य हो भन्ने लाग्दैन । जनप्रतिनिधीकारुपमा नियम पालना गर्न र गराउन सफा नियतले अगाडि बढ्ने हिम्मत हाम्रो छैन । प्यारो नभइएला र अर्को पटक फेरि छानिन नपाइएला कि भन्ने शंकामा नमिठो बोल्नु हुन्न भन्ने सोचाइ छ । सत्ताका अगुवाकारुपमा त्यो सबै समिकरणलाई प्रगतिका लागि चलायमान बनाउनु भन्दा सत्तास्वार्थका लागि राजनीतिलाई अस्थिर बनाउनमा ध्यानमग्न छौँ । सञ्चारमाध्यमकारुपमा कसैको व्यवसाय प्रवर्द्धन गर्न वा सहयोग हुने थप अध्ययन र समाचारहरु तयार पार्ने बारेमा रुचि छैन । कुनै अमुक पदमा भएको व्यक्तिले फेसबुकमा के लेख्छ, के कमेन्ट गर्छ भनेर ठुला ठुला समाचार बनाउनुमा व्यस्त छौँ ।

एकैपल्ट यति धेरै कुराहरु गलत बाटोमा लागेर एकैपल्ट असफल हुँदा प्रेमप्रसाद आचार्यले त्यसको विद्रोह गरेका हुन् । त्यो विद्रोह हाम्रो समयको पछिल्लो सबैभन्दा विस्मयकारी घटना हो । उनीप्रति हार्दिक श्रद्धाञ्जली तथा उनको परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।

कुनै पनि अर्को व्यक्तिले प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस् भनेर महानगरले सिप सिक्ने र ति सिपहरुको जीवनस्तर वृद्धिमा प्रयोग हुने संरचनाहरुको निर्माण गर्नेमा असाध्यै संवदेनशील भएर काम गरिरहेको छ भने उनको मागहरू मध्ये काठमाडौं महानगरको क्षेत्राधिकारमा पर्ने कामहरू पनि हुदै छन् । नागरिक तहदेखि संघीय सरकारसम्म सबैले आफ्नो भुमिकाबाट कठोर भइ निभाउन अपिल गर्दछु । सबैले नियमको पालना गरौँ । सबैले नियमभित्र रहेर व्यवहार गरौँ । फेरि पनि प्रेमप्रसाद आचार्यप्रति हार्दिक श्रद्धाञ्जली छ ।

तर नेपालीको घटनामा अहिलेसम्म प्रम बालेनले केही बोलेका छैनन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi