Skip to content

बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा जाने कर्जा ६.२ प्रतिशतले बढ्यो: कृषि क्षेत्रको कर्जा घट्दा अन्यको बढ्यो, कुनको कति ?

nabil
global ime

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ६.२ प्रतिशत अर्थात ३ खर्ब ४० अर्ब ५७ करोड रुपैयाँले बढेर ५८ खर्ब ३८ अर्ब २७ करोड पुगेको छ ।

गत वर्षको सोही अवधिमा यस्तो कर्जा ८ प्रतिशत अर्थात ४ खर्ब ७ अर्ब ६२ करोड रुपैयाँले बढेको थियो । जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ६.५ प्रतिशतले बढेको छ ।

जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.६ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.४ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमश: ६३ प्रतिशत र ३७ प्रतिशत रहेको थियो ।

जेठ मसान्तसम्म निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको ६.३ प्रतिशत, विकास बैंकहरूको ५.६ प्रतिशत र वित्त कम्पनीहरूको ३.९ प्रतिशतले बढेको छ ।
जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १४.७ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६३.६ प्रतिशत रहेको छ । गत जेठ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमश: १४.५ प्रतिशत र ६५ प्रतिशत रहेको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये निर्माण क्षेत्रतर्फको कर्जा १५.१ प्रतिशत, उपभोग्य क्षेत्रतर्फको कर्जा १३.० प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १२.५ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ६.८ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ४.० प्रतिशत र वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा ०.६ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा २.४ प्रतिशतले घटेको छ ।

यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये ट्रष्ट रिसिट (आयात) कर्जा ३६.७ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा १५.८ प्रतिशत, हायर पर्चेज कर्जा १०.३ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ६.३ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा ५.८ प्रतिशत, आवधिक कर्जा ४.३ प्रतिशतले बढेको छ भने क्यास क्रेडिट कर्जा ०.३ प्रतिशत र अधिविकर्ष कर्जा ०.४ प्रतिशतले घटेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T