काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई काठमाडौं जिल्ला अदालतले ४ वर्ष कैद र ४० हजार जरिवानाको फैसला गरेको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश तेजबहादुर खड्काको एकल इजलासले रायमाझीलाई दोषी ठहर गर्दै ४ वर्ष कैद र ४० हजार जरिवाना हुने फैसला गरेको हो ।
रायमाझीलाई राज्यविरुद्धको कसुरसहित तीन वटा अपराधमा दोषी ठहर गरेको हो ।









प्रतिक्रिया दिनुहोस्