Skip to content

नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वमन्त्री, पूर्वसचिवसहित १५ जनालाई कति सजाय ? सजायसहित

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले सबै आरोपिलाई सजाय सुनाएको छ ।

उक्त प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित १५ जनालाई कैद र नगद जरिवानासहितको सजाय सुनाएको छ ।

जिल्ला अदालत काठमाडौका न्यायाधीश तेजबहादुर खड्काको एकल इजलासले उक्त सजाय सुनाएको हो ।

न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार जरिवाना तोकेको छ । उहाँहरुलाई सरकारी लिखत कृते कसुर, ठगी र सङ्गठितमा सो सजाय तोकिएको हो ।
सोही मुद्दामा सरकारी लिखत कृते कसुर, ठगी र सङ्गठित अपराधमा टेकनाथ रिजलालाई दुई वर्ष कैद र २० हजार जरिवाना तोकिएको छ । यस्तै केशवप्रसाद दुलाल, ज्ञानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा इन्द्रजित राई, गोविन्दकुमार चौधरी, आङदेवा शेर्मा र टङ्क नारायाण पाण्डेलाई चार वर्ष कैद  तथा ४० हजार जरिवाना तोकिएको छ ।
यसैगरी शमशेर मिया, हरिभक्त महर्जन, नीरञ्जनकुमार खरेल र नरेन्द्र केसीलाई एक वर्ष कैद र १० हजार जरिवाना तोकिएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi