Skip to content

विद्युतीय राहदानी छपाइमा अनियमितता, संसदीय समितिमा विस्तृत छलफल गर्न माग

काठमाडौं । द्युतीय राहदानी छपाइ सम्बन्धमा संसदीय समितिमा विस्तृत छलफल गर्नुपर्नेमा जोड दिइएको छ ।
सार्वजनिक लेखा समितिको आजको बैठकमा सांसदहरुले जनतासँग सम्बन्धित सार्वजनिक महत्वका विषयमा प्रश्न उठेपछि सरोकार भएकाहरुलाई बोलाएर छलफल गरिनुपर्नेमा जोड दिए ।  साथै केही सांसदले भने अदालतमा रहेको विषयमा छलफल गर्न नहुने धारणा राखे ।
बैठकमा सांसदहरु वर्षमान पुन, क्रान्तिशिखा धिताल, महेन्द्रबहादुर शाही, खुस्बु ओलीलगायतले राहदानी छपाइका विषयमा विचार राखे ।
राहदानी छपाइका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परी यो विषयमा समस्या छ भन्ने निष्कर्ष निकालेको, राहदानी छपाइका विषयमा अनियमितता छ भन्ने भएको तर कति छ भन्ने मात्र प्रतीक्षाको विषय बनेकामा सांसदहरुले सरोकार भएका निकायको ध्यानाकर्षण गराए ।
समितिका सभापति भरतबहादुर खड्काले आजको बैठकमा सांसदको सल्लाह सुझाव आएकाले राहदानी छपाइका विषयमा अदालतको फैसला आएपछि समितिले के गर्ने भनी निर्णय गर्ने बताए ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi