Skip to content

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग र संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न भएको छ।

बैंकको सहकार्यमा वैशाख २९ र ३० गते जिल्ला अस्पताल दार्चुला तथा दुहुँ गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा ११ जनालाई मोतियाविन्दुको शल्यक्रिया आवश्यक रहेको पहिचान गरिएको थियो।

उनीहरूलाई गेटा आँखा अस्पताल, डडेलधुरामा लगिएकोमा स्वास्थ्य अवस्थाका कारण दुई जनाको शल्यक्रिया हुन नसकेपछि बाँकी नौ जनाको सफल शल्यक्रिया गरिएको बैंकले जनाएको छ।

यसअघि सञ्चालन गरिएका दुईवटा आँखा शिविरमार्फत ७०० भन्दा बढीको निःशुल्क आँखा परीक्षण गरिएको थियो। साथै, ४८७ जनालाई चश्मा र ६०० जनालाई आवश्यक औषधि वितरण गरिएको थियो।

सांग्रिला डेभलपमेन्ट बैंकले हाल देशभर १०९ शाखा कार्यालय र ३० एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आगामी दिनमा सेवा थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima