Skip to content

लगानीकर्ताको आन्दोलन पछि सेयर बजारमा सुधार, कारोबार रकम ८ अर्ब ४१ करोड पुग्यो 

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार सकारात्मक देखिएको छ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक ६.११ अंकले बढेर २५७६.२९ बिन्दुमा पुगेको छ। आज सेयर बजारमा समग्रमा ०.२३ प्रतिशत बढेको हो । सोमबार नेप्से परिसूचक ३०.६० अंकले घटेर २५७०.१८ बिन्दुमा झरेको थियो ।
यसैगरी, आज कारोबार रकम पनि उत्साहजनक भएको छ। मंगलबार सेयर बजारमा ८ अर्ब ४१ करोड ७५ लाख ७० हजार ४२५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबारको बजारमा  ७ अर्ब ४६ करोड ८४ लाख १६ हजार ११६.८१ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
आज कारोबारमा आएको १६४ कम्पनीको सेयर मूल्य बढेको छ। बाँकी १०१ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको सेयर मूल्य यथावत् रहेको छ ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये १२ उपसमूहको सेयर मूल्य बढेको छ भने बाँकी एक उपसमूहको सेयर मूल्य घटेको छ। आज उत्पादन तथा प्रशोधन उपसमूहतर्फको सेयर मूल्य घटेको हो ।
आज ‘९ प्रतिशत कामना सेवा विकास बैंक डिबेञ्चर २०८७’ को सबैभन्दा धेरै १०.२२ प्रतिशत बढेको छ। यसैगरी, आज सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७ को मूल्य करिब १० प्रतिशत बढेको छ ।
कारोबार रकमका आधारमा आज ५२ करोड ७१ लाख रुपैयाँबराबरको १० प्रतिशत केबिएल डिबेञ्चर २०९० कारोबार भएको छ भने ३९ करोडभन्दा बढीको १० प्रतिशत एनआईएमबि डिबेञ्चर २०९० किनबेच भएका छ।
सेयर बजार निरन्तर घटेको भन्दै सेयर लगानीकर्ता धितोपत्र बोर्ड (सेबोन) घेराउ गर्न पुगेका छन् । लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा उनीहरू आज बिहानै सेबोनको कार्यालयमा पुगेका हुन ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi