Skip to content

प्रिआईपीओ शून्यमा झार्ने दाबी, सेयर बजार ५ हजार पुगेर घटेपनि सेबोन घेराउ रोकिन्न-अध्यक्ष भट्ट

काठमाडौ । धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्टले बजारको विकासका लागी मार्गचित्र ल्याएको बताएका छन् ।

अर्थ समितिको बैठकमा उनेले बजार घट्दा सबै दुखी, बजार बढ्दा सबै खुसी हुने गरेको बताए । भट्टले ३ हजार, ३५ सय, ५ हजार पुगेपनि लगानीकर्ता खुसी नहुने उनको दाबी छ । “५ हजार पुगेर बजार घटेपनि सेबाेन घेराउ हुन्छ” उनले भने ” जीवनमा पहिलोपटक मैले घेराउको सामना गरे ।”

अध्यक्ष भट्टले बजार घटाउन वा बढाउ भने सेबाेनले भन्न नसक्ने बताए । सर्ट सेलिङ ल्याउन लागेको र त्यो बजारको हितमा हुने दाबी गरे ।

“हामी खेल मैदान दिन्छौ । खेल खेल्ने लगानीकर्ताको काम हो” उनले भने । अध्यक्ष भट्टले प्रिआईपीओ थाहा पाए कारबाही गर्ने बताए । उनले प्रिआईपीओ शून्यमा झार्ने दाबी गरे ।

उनले बजारमा उपकरणको थप गर्ने बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T