Skip to content

राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थसचिवको उपस्थितिले झनै राम्रो भएको छः गभर्नर पौडेल

nabil
global ime

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थसचिवको उपस्थितिले राष्ट्र बैंकको काम कारबाहीमा कुनै अप्ठ्यारो नपारेको स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभाको अर्थसमितिले सिंहदरबारमा आयोजना गरेको नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रारम्भिक छलफल कार्यक्रममा गभर्नर पौडेलले अर्थसचिवको उपस्थितिले राष्ट्र बैंकलाई अप्ठ्यारोभन्दा झनै राम्रो गराइरहेको स्पष्ट पारे ।

“नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थसचिवको उपस्थितिले राष्ट्र बैंकको काम कारबाहीलाई झनै राम्रो बनाइरहेको छ”, उनले भने, “अहिलेसम्म हाम्रो अनुभवमा अर्थसचिवको सञ्चालक समितिमा भएको उपस्थितिले हस्तक्षेप भएको हामीले पाएका छैनौँ ।”

गभर्नर पौडेलले राष्ट्र बैंकको काम कारबाही गर्न र सञ्चार गर्नका लागि भने झनै सरल भएको अनुभव गरेको बताए । नेपाल राष्ट्र बैंकको काम कारबाहीमा नेपाल सरकारको स्वीकृति लिनका लागि सहज भएको उनको भनाइ थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T