काठमाडौ । सांसद लिमा अधिकारीले राष्ट्र बैकलाई स्वायत्त बनाउने हो भने अर्थ सचिव सञ्चालक बनाउन नहुने बताइन ।
अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमा छलफल गर्दै यस्तो बताइन ।
उनले अर्थ सचिव राख्दा मौद्रिक नीतिमा कार्यपालिकाको हस्तक्षेप हुने उनेले दाबी छ । उनले महिला सञ्चालक राख्न सुझाव दिइन । उनेले राष्ट्र बैंकमा डेपुटी गभर्नर बनाउँदा राष्ट्र बैंक बाहिरबाट ल्याउन सुझाव दिइन । कर्मचारीलाई लाग्ने ३ वर्ष कुलिङ कम गर्न सुझाव दिइन ।
ऐनको दफा १०० को उपदफा २ को क देखि घ सम्म र बाफियाका दफा १८ मा ढ भएको केही व्यवस्था गलत रहेको उनको दाबी छ ।
बैठकमा सांसद सुशील खडकाले बैंकमा जनताको पैसा आएपनि त्यसलाई कसैको गोजीको ठान्न नहुने बताए । “प्रमाेटरले मेरो बैंक हो भन्ने जमाना अब हुनु हुँदैन । बैक जनताको हो । बैंकरले ईमान्दार बनुन् ।” उनले भने र
सांसद विदुषी राणाले १०२ मा सबैको चासो रहेको बताइन । बैकका सीईओको कुलिङ अवधिमा ध्यान दिन आग्रह गरिन ।









प्रतिक्रिया दिनुहोस्