Skip to content

सेयर बजारबारे नियामक र लगानीकर्तासँग प्रधानमन्त्री शाहको १ घन्टा: बजार विकास र लगानीकर्ताको मनोबल बढाउने आश्वासन

'तीन वटा विषयमा प्रधानमन्त्रीको मुख्य चासो'

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सेयर बजारको विकास गर्ने र लगानीकर्ताको मनोबल उच्च बनाउने काम सरकारले काम गर्ने आश्वासन दिएका छन् । आज करिब १ घन्टा नियामक निकाय, लगानीकर्ता, ब्रोकर एशोसिएसनका प्रतिनिधिसँगको भेटमा उनले यस्तो आश्वास दिएका हुन् ।

भेटमा पुँजी बजारलाई पुँजी परिचालन, पुँजी बजारमार्फत रोजगारी सृजना हुनुपर्ने, अर्थतन्त्रलाई सहयोग गर्नुपर्ने विषयमा प्रधानमन्त्री शाहले चासो देखाएको भेटमा सहभागी लगानीकर्ता अम्बिका प्रसाद पौडेलले बताए ।

उक्त भेटमा बजारको विकास र विस्तारका लागि अहिले लगानीकर्ताको मनोबलको विषयमा लामो छलफल भएको उनको भनाइ छ । पौडेलका अनुसार समग्र बजारका बारेमा, पुँजी बजारमा नेपाल राष्ट्र बैंकले गर्नुपर्ने काम, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले गर्नुपर्ने कामका बारेमा छलफल भएको हो ।

यस्तै कर, कानून निर्माण र अन्य विषयमा अर्थ मन्त्रालयले गर्नुपर्ने कामका बारेमा पनि छलफल भएको पौडेलको भनाइ छ । भेटपछि स्टक ब्रोकर एशोसिएसनका पूर्वअध्यक्ष प्रियराज रेग्मीले प्रधानमन्त्री शाहलाई अहिले बजारमा लगानीकर्ताको मनोबल गिरेको र त्यसलाई उठाउने गरी काम गर्न सरकारलाई सुझाव दिएको बताए ।

अहिले बजारमा सप्लाई बढेको र डिमान्ड बढाएर बजारलाई ब्यालेन्स गर्ने, संस्थागत लगानीकर्ताको भूमिका बढाउने, कर बढाएपछि घाटा समायोजन गरेर कर लिने व्यवस्था गर्न सुझाव दिएको बताए । साथै साथै राष्ट्र बैंकले ब्रोकर मार्फत मार्जिन कारोबारका लागि नियामकीय व्यवस्था गर्ने, एनआरएनएलाई फास्टट्रयामबाट भित्र्याउने, नेप्सेको पुनर्सरचना गर्ने, बजारमा कारोबारका नयाँ औजार भित्र्याउने विषयमा काम गर्न सुझाव दिएको उनको भनाइ छ ।

साथै बजारलाई स्वस्थ बनाउन १० कित्ते नीति हटाउन, बुक बिल्डिङ विधि ल्याउन, इन्ट्र डे कारोबार सञ्चालन गरेर भोलुम बढाउन माग गरेको रेग्मीको भनाइ छ । शाहले सबै माग सुनेपछि आएका सुझाव लिएर सम्बन्धित निकायसँग छलफल गर्ने र केही काम भइरहेको बताएको उनको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi