Skip to content

शिक्षा–स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय स्वागतयोग्य, विद्युतमा लगाइएको कर पनि हटाइयोस्ः सभापति थापा

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क हटाउने सरकारको निर्णयको स्वागत गरेका छन्। उनले उक्त व्यवस्था सुरुदेखि नै अनुपयुक्त रहेको भन्दै त्यसलाई खारेज गर्नु सही कदम भएको बताएका हुन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सभापति थापाले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय स्वागतयोग्य रहेको उल्लेख गरे ।

थापाका अनुसार निजी अस्पताल र विद्यालय रोज्ने सबै नागरिक सम्पन्न हुँदैनन्। धेरैका लागि निजी सेवा रोज्नु विलासिता नभई बाध्यता हुने भएकाले सेवा प्रवाहमै अतिरिक्त शुल्क वा करको भार थप्ने नीतिले समस्याको समाधान नगर्ने उनको भनाइ छ।

उनले निजी क्षेत्र देशको शिक्षा र स्वास्थ्य प्रणालीको अभिन्न साझेदार रहेको उल्लेख गर्दै समता शुल्क समानताको नीति नभई असमानतालाई अझ बढावा दिने व्यवस्था भएको बताए।

सरकारले आर्थिक तथा सामाजिक यथार्थलाई स्वीकार गर्दै उक्त व्यवस्था खारेज गरेको भन्दै थापाले निर्णयलाई कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेका छन्।

सभापति थापाले विद्युतमा लगाइएको भ्याटलगायत अन्य अव्यावहारिक कर तथा नीतिगत त्रुटिहरू पनि सच्याउन सरकारसँग आग्रह गरेका छन्। उनले आमनागरिकको हितलाई केन्द्रमा राखेर कर तथा नीतिहरू पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi