Skip to content

व्यवसायी अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन उच्च अदालतको आदेश

काठमाडौं । व्यवसायी तथा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

बिहीबार न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको हो ।

अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बुधबार बैंकिङ कसुरसम्बन्धी मुद्दामा काठमाडौं महानगरपालिका–३० डिल्लीबजारबाट पक्राउ गरेको थियो ।

नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा दर्ता भएको दीपक भट्टसमेतको बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको मुद्दामा फरार रहेका अग्रवाललाई पक्राउ गरिएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi