काठमाडौं । गत आर्थिक वर्षमा नेपालमा ४८ अर्ब ६९ करोड ३४ लाख ७६ हजार रुपैयाँको २२ लाख ६७ हजार ४१९ थान स्मार्ट फोन आयात भएको छ ।
भन्सार विभागका अनुसार अघिल्लो आवको सोही अवधिमा ३५ अर्ब ५४ करोड ७३ लाख रुपैयाँ बराबरको फोन आयात भएको थियो । यो अवधिमा फोन आयात ३७ प्रतिशतले बढेको छ ।
गत आवमा ४८ अर्ब ६९ करोड ३४ लाख ७६ हजार रुपैयाँको फोन आयात हुँदा राज्यले ९ अर्ब ८ करोड २३ लाख ९७ हजार रुपैयाँ राजस्व पाएको छ ।
यो अवधिमा सबैभन्दा बढी फोन चीनबाट आयात भएको छ । चीनबाट ३६ अर्ब ७९ करोड २७ लाख ५८ हजार रुपैयाँ बराबरको १८ लाख ८९ हजार ६६४ थान स्मार्ट फोन आयात भएको छ ।
यस्तै चीन पछि धेरै फोन आयात भारतबाट भएको छ ।
यो अवधिमा भारतबाट १० अर्ब ९९ करोड ६ लाख ८४ हजार रुपैयाँ बराबरको ३ लाख ६४ हजार ८४२ थान फोन आयात भएको छ । यस्तै अमेरिकाबाट यो अवधिमा २२ करोड ३८ लाख १५ हजार रुपैयाँ बराबरको १ हजार ७८९ थान फोन आयात भएको छ ।
नेपालमा धेरै फोन चीन, भारत, अमेरिकाका साथै अष्ट्रेलिया, यूएई, जापान, कम्बोडिया, दक्षिण कोरिया, बेलायत, कतार, क्यानडा, हङकङ, मलेसिया, पोर्चुगल, बंगलादेश, साउदी अरब, फिनल्याण्ड, इजरायल, न्यूजिल्याण्ड, कुवेत लगायत देशबाट आयात हुने गरेको छ ।











प्रतिक्रिया दिनुहोस्