Skip to content

सेयर बजारमा सामान्य सुधार, सवा ६ अर्ब कारोबार

लगानीकर्ताले बढाएको बजार नेप्सेले हजार अंकले घटायो !

काठमाडौं । सेयर बजारमा सामान्य सुधार आएको छ । बजार मापन गर्ने सूचक ७.९० अंक बढेर परिसूचक २७३४.६३ विन्दु कायम भएको छ ।

शुक्रबारको कारोबारमा सेन्सेटिभ इण्डेक्स २.१६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८२ अंकले बढेको छ ।

बजारमा ३५३ कम्पनीको ६ अर्ब २६ करोड ७२ लाख २६ हजार रुपैयाँको १ करोड ३७ लाख ६९ हजार कित्ता सेयर कारोबार भएको छ ।

कारोबारमा १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ ।

बैंकिङ्ग उपसमूहको परिसूचक १.१७ प्रतिशत बढेको छ । विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक बढेको छ ।

कारोबारमा एभरेष्ट कलर कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा रिडी पावर कम्पनी पहिलो स्थानमा रहेको कम्पनीको ३० करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ ।

सेयर कारोबारीले बढाएको बजार नेप्सेले भने १००८.९३ अंकले घटाएर परिसूचक १७१७.७९ बिन्दु कायम भएको छ । अहिले नेप्सेको वेवसाइड नचल्ने भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi