काठमाडौं । यस वर्षको तीजलाई लक्षित गर्दै ररखाल इन्टरटेन्मेन्टको प्रस्तुति ‘पियारा–पियारी’ सार्वजनिक गरिएको छ । लोकप्रिय गायिका एलिना चौहान र राज सुबेदी नेत्रको सुमधुर स्वरमा सजिएको गीतले नेपाली मौलिकता, संस्कार र पारिवारिक सम्बन्धको मिठासलाई उजागर गरेको छ ।
गीतका शब्द तथा संगीत राज सुबेदी नेत्रकै रहेको छ भने भिडियोको निर्देशन प्रवीण थापाले गरेका छन् । अमृत चापागाईंको सम्पादन, कमल थापाको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ र महेश महराको छायांकनले भिडियोलाई आकर्षक बनाएको निर्माण पक्षले जनाएको छ । भिडियोमा स्मारिका ढकालको अभिनय देख्न सकिन्छ ।
पति–पत्नीबीचको आत्मीय सम्बन्ध, पारिवारिक सद्भाव र नेपाली संस्कृतिलाई केन्द्रमा राखेर तयार गरिएको ‘पियारा–पियारी’ सम्पूर्ण परिवारले सँगै बसेर हेर्न मिल्ने सन्देशमूलक तीज गीतका रूपमा प्रस्तुत गरिएको छ ।
गीत ‘राज सुबेदी नेत्र’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । निर्माण टोलीले दर्शक– श्रोताबाट माया, साथ, सकारात्मक प्रतिक्रिया तथा सेयरमार्फत गीतलाई थप उचाइमा पु¥याइदिन आग्रह गरेको छ ।
https://youtu.be/08Ju4WrgNN4?si=rgigksWMOw-Yi-ZH









प्रतिक्रिया दिनुहोस्