काठमाडौं । आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले ४ वटा निर्णय गरेको छ ।
सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले ४ वटा निर्णय गरेको बताए ।
उनका अनुसार सरकारले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधासम्बन्धी ऐन–२०५३ लाई संशोधन गर्न बनेको विधेयक स्वीकृती गर्ने निर्णय गरेको छ ।
यस्तै खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक स्वीकृती गर्ने निर्णय गरेको छ ।
यस्तै संक्रामक पशुरोग तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृती गर्ने निर्णय गरेको छ ।
राहदानी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक स्वीकृती गर्ने निर्णय गरेको छ ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, पहिलो संशोधन विधेयक स्वीकृती गर्ने निर्णय गरेको छ ।
बालश्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक स्वीकृती गर्ने निर्णय गरेको छ ।
बैठकले आन्तरिक वायुसेवाको दायित्वसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृती गर्ने निर्णय गरेको छ ।
मेलमिलापसम्बन्धी ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक स्वीकृती गर्ने निर्णय गरेको छ ।
कर्मचारी संशोधन ऐन २०१९ लाई संशोधन गर्न बनेको विधेयक स्वीकृती गर्ने निर्णय गरेको छ ।
यस्तै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनियमसम्बन्धी कसुरमा अनुसन्धान अधिकारी तोक्ने र प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् छैटौं संशोधन नियमावली–२०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।
आजको बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा खेट राज दाहाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्