Skip to content

प्रधानमन्त्री शाह र सभामुख अर्यालबिच भेटवार्ता 

काठमाडौं । सभामुख डीपी अर्यालसँग प्रधानमन्त्री बालेन्द्र शाहले भेटवार्ता गरेका छन्। भेटका क्रममा प्रतिनिधि सभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।
मंगलबार सभामुख अर्यालले नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापासँग पनि छुट्टै भेटवार्ता गरेका थिए । यसैगरी, विपक्षी दलका नेता भिष्मराज आङदेम्बे तथा नेपाल कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनसँग पनि उनले छुट्टाछुट्टै छलफल गरेका छन् ।
सभामुख अर्यालले सोही दिन विभिन्न राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग समेत बैठक गरेका थिए । उक्त छलफलमा प्रतिनिधि सभाको कार्य सञ्चालनलाई थप प्रभावकारी बनाउने, संसद्को मर्यादा कायम राख्ने तथा आगामी बैठकका कार्यसूचीलाई व्यवस्थित ढङ्गले अघि बढाउने विषयमा विचार आदानप्रदान भएको सचिवालयले जनाएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima