काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन् ।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो ।
स्मार्ट टेलिकम प्रकरणमा पक्राउ गरेको सीआईबीले पुष्टी गरेको छ ।
सरकारको स्वामित्वमा आउनुपर्ने स्मार्ट टेलिकमको सम्पत्ति बेइमानीपूर्वक सरकारको हकबाट बाहिर राख्ने प्रयास गरेको आरोपमा भण्डारीमाथि छ ।
स्मार्ट टेलिकमले दूरसञ्चार प्राधिकरणबाट २०७० वैशाखमा आधारभूत टेलिफोन सेवा सञ्चालनको अनुमति प्राप्त गरेको थियो।







प्रतिक्रिया दिनुहोस्