Skip to content

हिन्दू राष्ट्र र राजा ल्याउने पक्षमा छैनौँ, रास्वपा संघीयताको पक्षमा प्रतिबद्ध छ: प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफू हिन्दू राष्ट्र र राजा ल्याउने पक्षमा नभएको बताएका छन् ।

शुक्रबार मधेशवादी दलका नेताहरूसँग करिब २ घण्टा लामो छलफल गरेका थिए । छलफलमा उनले हिन्दू राष्ट्र आएपछि राजा जोडिएर आउने भएकाले आफू त्यसको पक्षमा नभएको बताए । उनले राजा ल्याउँदा संघीयता कमजोर हुने बताए ।

देशलाई हिन्दू राष्ट्र बनाउँनुको मर्म तराई/मधेसमा, पहाडमा फरक हुने सहभागी एक नेताले बताए । छलफलमा सहभागी नेताहरुले हिन्दू राष्ट्र र राजा लगायतका विषयमा प्रश्न गरेको बताइएको छ । शाहले बैठकमा रास्वपा संघीयताका पक्षमा प्रतिबद्ध रहेको धारणा राखे ।

भेटमा दलका नेताहरूले गृहमन्त्रीले सुनसरीमा गरेको सम्झौता कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको ध्यानाषर्कषण गराएको बताइएको छ । शाहले केही तत्वहरूले साम्प्रदायिक दंगा गराएर स्वार्थ सिद्ध गर्न खोजिराखेको पाइएको भन्दै त्यसविरुद्ध सबै मिलेर लाग्नुपर्ने बताए ।

उनले तराई/मधेसमा देखिएको साम्प्रदायिक दंगालाई साम्य पार्न सरकार लागिरहेको समेत दाबी गरे । त्यसका लागि उनले दलका नेताहरुको साथ समेत मागेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

national life
MAK 4T
Arghakhachi