काठमाडौं । बुढानीलकण्ठ नगरपालिका १३ चुनिखेलबाट सिक्री लुटपाट गरी फरार रहेका कर्मा तामाङलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली प्रहार गरेको छ ।
उनलाई गोली प्रहार गरेर नियन्त्रणमा लिइएको जनाएको छ ।
साउन १६ गते राति १०:२५ बजे उनलाई पक्राउ गर्न खोज्दा साथमा रहेको खुकुरीले प्रहरी माथि आक्रमण गर्ने प्रयास गरेपछि तीन राउण्ड गोली प्रहार गरिएको प्रहरीले जनाएको छ ।
घाइते अवस्थामा नियन्त्रणमा लिइएका तामाङको साथबाट खुकुरीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।





प्रतिक्रिया दिनुहोस्