Skip to content

घुस लिएको आरोपमा म्यागङ गाउँपालिकाका अधिकृत तामाङ पक्राउ

काठमाडौं । नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत बिरेन्द्र तामाङ घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार भुक्तानी रकमको कमिसनका विषयमा बार्गेनिङ गर्दै सेवाग्राहीलाई पटक–पटक दुःख हैरानी दिई घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा आयोगको टोलीले अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा तामाङलाई सेवाग्राहीबाट घुसस्वरूप एक लाख रुपैयाँ लिइसकेको अवस्थामा काठमाडौं महानगरपालिका–१६, बालाजुबाट साउन १८ गते नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।

आयोगका अनुसार नियन्त्रणमा लिइएको रकमसमेत बरामद गरिएको छ। विशेष अदालतबाट म्याद थप अनुमति प्राप्त गरी तामाङविरुद्ध घुसरिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T