काठमाडौं । आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गरेको छ ।
बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा काठमाडौंकी याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ ।
यस्तै नेपाल इन्टरमोडल यातायात विकास समिति (गठन) आदेश, २०५४ खारेज गर्ने निर्णय भएको छ । यस्तै नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने निर्णय गरेको छ ।
यस्तै पशु बधशाला र मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने निर्णय गरेको छ ।
बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ सङ्घीय संसद् समक्ष पेस गर्न स्वीकृति प्रदान गरेको छ ।
यस्तै विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्ष पदमा पर्वतका प्राध्यापक डाक्टर खड्क बहादुर केसी र सचिव पदमा भोजपुरका प्राध्यापक डाक्टर रोजेश श्रेष्ठलाई नियुक्त गरिएको छ ।
बैठकले सुनसरी र सिरहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवार र घाइतेहरूलाई क्षतिपूर्ति, राहत तथा उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ ।





प्रतिक्रिया दिनुहोस्