काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवादमा अब सुरुदेखि नै सुनुवाइ गर्ने भएको छ ।
कांग्रेसका असन्तुष्ट समूहले यसअघिको फैसला पुनरवलोकन हुनुपर्ने माग राख्दै निवेदन दिएका छन् ।
प्रधानन्यायाधीश डा. मनोज शर्मा र न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले निस्सा हुने अनुमति दिएको छ । यो सँगै कांग्रेस विवादबारे निर्णय भइसकेको फैसला सुरुदेखि सुनुवाइ हुनेछ ।
यसअघि न्यायाधीशहरू न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले वैशाख ४ गते विशेष महाधिवेशनबाट चुनिएको सभापति गगन थापाको कार्यसमितिलाई मान्यता दिएको थियो ।
देउवा पक्षको रिटलाई खारेज गरेको थियो ।





प्रतिक्रिया दिनुहोस्