Skip to content

कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला

काठमाडौं । तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत फेला परेका छन्। ६५ वर्षीय सिंहको शव आइतबार जिल्लाको गोरुसिंगेस्थित जंगलको खोँचमा फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार सिंहको शव पूर्व–पश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जंगलमा भेटिएको हो।
सिंह गत शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु नगरपालिका–३ स्थित आफ्नै घरबाट मोटरसाइकल लिएर निस्किएका थिए। त्यसपछि परिवारसँग सम्पर्कविहीन भएपछि प्रहरीले उनको खोजी तीव्र बनाएको थियो। खोजीका क्रममा सिंहले प्रयोग गर्ने लु प्र ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल जंगल क्षेत्रमा फेला परेको थियो।
मोटरसाइकल भेटिएको स्थानलाई केन्द्रित गरी प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो। सिंहको खोजीका लागि भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको थियो।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima