Skip to content

हतियारसहित १ जना पक्राउ

काठमाडौं । मकवानपुर जिल्लाको बागमती गाउँपालिका–९ बेतिनी अगौटेबाट एक थान पेस्तोल र उक्त पेस्तोलको म्यागजिनसहित १ जना पक्राउ परेका छन् ।

बेतिनी अगौटेस्थित एक घरमा पेस्तोल लुकाएर राखिएको विशेष सूचनाका आधारमा सोमबार प्रहरीले चेकजाँच गरिएको थियो ।

चेकजाँचका क्रममा अगौटे बस्ने १९ वर्षिय टेकबहादुर सिङतानको घरबाट पेस्तोल बरामद भएको हो ।

बालुवा–सिमेन्टले बनेको जस्ताले छाएको दुईतले घरको माथिल्लो तलाको चोटामा रहेको जेब्रा झोलाभित्र रातो टीसर्टले बेरेर रातो प्लास्टिकमा लुकाइराखेको अवस्थामा एउटा पेस्तोल र उक्त पेस्तोलको एउटा म्यागजिन बरामद गरिएको हो ।

उक्त घटनामा बेतिनी अगौटे बस्ने १९ वर्षीय टेकबहादुर सिङतानलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T