Skip to content

सरकारी कार्यालयमा विद्युत् अभाव, राजस्व सङ्कलन प्रभावित

पर्सा । सरकारी कार्यालयमा विद्युत अभाव हुन थालेको छ । जसका कारण राजस्व संकलन लगायतका काम प्रभावित बनेका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्साले विद्युत् आपूर्ति तथा इन्टरनेट सेवा प्रदायक संस्थालाई आफना सेवा नियमित र भरपर्दो तुल्याउन अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले कार्यालय समयमा विद्युत् आपूर्ति र इन्टरनेट सेवा नियमित नभएपछि राजस्व सङ्कलनलगायत कार्य प्रभावित भएको जनाउँदै ती सेवालाई नियमित तुल्याउन प्रदायक संस्थालाई निर्देशन दिए ।

उनले भने, “विद्युत् तथा इन्टरनेट सेवा नियमित गर्ने विषयलाई गम्भीरतापूर्वक लिई सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको छ । केही समयमै यो समस्या समाधान हुने विश्वास लिइएको छ ।”

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T