काठमाडौं । संचालनमा रहेका वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म करिब ७० अर्ब नाफा कमाएका छन् ।
गत आवको असार मसान्तसम्मको अपरिस्कृत वित्तीय अवस्था अनुसार २० वटा वाणिज्य बैंकहरुले ६९ अर्ब ८६ करोड ६० लाख रुपैयाँ नाफा कमाएका हुन् । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ३२.२७ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकहरूले ५२ अर्ब ८१ करोड ७५ लाख रुपैयाँ नाफा कमाएका थिए ।
गत आवमा बैंकहरुको ऋण असुलीसँगै कर्जा नोक्सानीका लागि छुट्याउने रकम कम हुँदा नाफा बढेको छ । बैंकबाट नयाँ कर्जा बढ्न नसके पनि कर्जा उठाउन भने बढी जोड दिएका छन् ।
२० मध्ये १५ वटा वाणिज्य बैंकको बढेको छ भने ४ वटाको घटेको छ । एक बैंकको नाफा ऋणात्मक छ ।
गत आवको असार मसान्तसम्म सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । नबिलले ७ अर्ब ९० करोड ५७ लाख रुपैयाँ नाफा कमाएको गरेको छ । नाफा अघिल्लो आवको तुलनामा ३३.५० प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ५ अर्ब ९२ करोड २१ लाख रुपैयाँ नाफा कमाएको गरेको थियो ।
यस्तै कुमारी बैंकको नाफा ३०५.९५ प्रतिशतले बढेर ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
तेस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबल आइएमई बैंकले गत आवमा ६ अर्ब २२ करोड ७१ लाख ५६ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आवमा ५ अर्ब ७ करोड ६३ लाख ४ हजार रुपैयाँ नाफा कमाएको बैंकको नाफा २२.६७ प्रतिशतले बढेको हो ।
त्यस्तै, एभरेष्ट बैंकको नाफा ४.७५ प्रतिशतले बढेर ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ पृगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ४ अर्ब ८३ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको गरेको थियो ।
राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्ष ४ अर्ब ५५ करोड ६८ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा २ अर्ब ८३ करोड ६० लाख २ हजार रुपैयाँ थियो। बैंकको नाफा ६०.६८ प्रतिशतले बढेको हो।
नेपाल बैंकको नाफा ४६.२० प्रतिशत बढेर ४ अर्ब ५० करोड १ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ७ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको गरेको थियो ।
एभरेस्ट बैंकले गत आर्थिक वर्ष ५ अर्ब ६ करोड ९९ लाख ३६ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष बैंकको नाफा ४ अर्ब ८३ करोड ९९ लाख ३ हजार रुपैयाँ थियो। बैंकको नाफा ४.७५ प्रतिशतले बढेको हो।
सिद्धार्थ बैंकले गत आवमा ३ अर्ब ५१ करोड ९४ लाख ९ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आवमा ३ अर्ब ३६ करोड ६५ लाख ९४ हजार रुपैयाँ नाफा रहेकोमा बैंकको नाफा ४.५४ प्रतिशतले बढेको हो।
एनएमबि बैंकको नाफा ४०.६० प्रतिशतले बढेको छ। बैंकले गत आवमा ४ अर्ब १ करोड ३६ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आवमा बैंकको नाफा २ अर्ब ८५ करोड ४६ लाख ३८ हजार रुपैयाँ थियो।
सानिमा बैंकले गत आर्थिक वर्ष २ अर्ब ८३ करोड १७ लाख ७६ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आवमा २ अर्ब १० करोड २९ लाख ६ हजार रुपैयाँ नाफा रहेको बैंकको नाफा ३४.६६ प्रतिशतले बढेको हो।
प्राइम कमर्सियल बैंकले गत आवमा ४ अर्ब ११ करोड २५ लाख ६८ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आवमा बैंकको नाफा ३ अर्ब २० करोड ७ लाख ५८ हजार रुपैयाँ थियो। यसअनुसार बैंकको नाफा २८.४९ प्रतिशतले बढेको छ।
सिटिजन्स बैंक इन्टरनेसनलको नाफामा उल्लेख्य वृद्धि भएको छ। बैंकले गत आवमा २ अर्ब ९ करोड ८६ लाख ३ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आवमा १ अर्ब २८ करोड ७० लाख ७५ हजार रुपैयाँ नाफा कमाएको बैंकको नाफा ६३.०५ प्रतिशतले बढेको हो ।
नेपाल एसबीआई बैंकले गत आवमा २ अर्ब ४ करोड ४३ लाख ३० हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आवमा १ अर्ब ८१ करोड ९ लाख ६० हजार रुपैयाँ नाफा कमाएको बैंकको नाफा १२.८९ प्रतिशतले बढेको छ।
माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २ अर्ब ११ करोड ४१ लाख २० हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आवमा १ अर्ब ८८ करोड ३६ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको बैंकको नाफा १२.२४ प्रतिशतले बढेको छ।
गत आवमा प्रभु बैंक भने नाफाबाट नोक्सानीमा छ । बैंकले गत आर्थिक वर्ष २४ करोड १२ लाख ४३ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा ८७ करोड २३ लाख २६ हजार रुपैयाँ नाफा कमाएको थियो ।
हिमालयन बैंकको नाफामा सबैभन्दा धेरै बढेको छ । यस बैंकले गत आवमा १ अर्ब ४८ करोड ३ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आवमा बैंकको नाफा १२ करोड ९७ लाख २६ हजार रुपैयाँ मात्रै थियो। यस आधारमा बैंकको नाफा १,०४१.१६ प्रतिशतले बढेको हो।
लक्ष्मी सनराइज बैंकको नाफा २३.२६ प्रतिशतले घटेर ३ अर्ब ११ करोड ७१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा बैंकले ४ अर्ब ६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको गरेको थियो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३६.५८ प्रतिशतले घटेर २ अर्ब ७४ करोड ७२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा बैंकले ४ अर्ब ३३ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको गरेको थियो ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ५.३८ प्रतिशतले घटेर २ अर्ब ८५ करोड २ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा बैंकले ३ अर्ब १ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको गरेको थियो ।
एनआईसी एशिया बैंकको नाफा १८ करोड १७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवमा भने बैंक ३ अर्ब ८७ करोड २० लाख रुपैयाँ खुद नोक्सानीमा रहेको थियो ।
कृषि विकास बैंकको नाफा २९.५१ प्रतिशतले घटेर २ अर्ब ६३ करोड ६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा बैंकले ३ अर्ब ७३ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको गरेको थियो ।





प्रतिक्रिया दिनुहोस्