काठमाडौं । गत आर्थिक वर्षमा ४४ वटा लघुवित्त वित्तीय संस्थाले करिब १० अर्ब रुपैयाँको हाराहारीमा नाफा कमाउन सफल भएका छन् ।
गत आर्थिक वर्ष २०८२/८३ मा ४४ वटा लघुवित्त वित्तीय संस्था कम्पनीले ९ अर्ब ९७ करोड ८० लाख रुपैयाँ नाफा कमाउन सफल भएका हुन् । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यी लघुवित्तहरुको नाफा ५ अर्ब ७२ करोड ९४ लाख रुपैयाँमात्र रहेको थियो ।
एक वर्षको अवधिमा लघुवित्त कम्पनीको नाफा ७४.१५ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा ६ लघुवित्त वित्तीय संस्थाकोमात्र नाफा घटेको छ। बाँकी सबै कम्पनीहरुको नाफा बढेको छ । अघिल्लो आर्थिक वर्षमा ऋणात्मक रहेका १० लघुवित्त कम्पनी पनि गत आवमा नाफामा जान सफल भएका छन् ।
फस्र्ट माइक्रोफाइनान्सले आर्थिक वर्ष २०८२/८३ मा १९ करोड ७ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष १० करोड ९८ लाख रुपैयाँ नाफा थियो । यस वर्ष नाफा ८ करोड ९ लाख रुपैयाँ अर्थात् ७३.६८ प्रतिशतले बढेको छ ।
आरएसडीसी लघुवित्त वित्तीय संस्थाले गत आवमा १३ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष १० करोड १८ लाख रुपैयाँ थियो। कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३ करोड ६४ लाख रुपैयाँ अर्थात् ३५.७६ प्रतिशतले बढेको छ ।
यसैगरी, साना किसान लघुवित्त वित्तीय संस्थाले गत आवमा ६५ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष ८७ करोड ५० लाख रुपैयाँ थियो । नाफा २२ करोड १९ लाख रुपैयाँ अर्थात् २५.३६ प्रतिशतले घटेको छ ।
यसैगरी, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले गत आवमा ६ करोड २३ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष ४ करोड ४७ लाख रुपैयाँ थियो। नाफा १ करोड ७६ लाख रुपैयाँ अर्थात् ३९.३७ प्रतिशतले बढेको छ।
महुलीले लघुवित्त वित्तीय संस्थाले १९ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष १७ करोड रुपैयाँ थियो। नाफा २ करोड ३२ लाख रुपैयाँ अर्थात् १३.६५ प्रतिशतले बढेको छ।
यसैगरी, हिमालयन लघुवित्तले यस वर्ष १० करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष ७१ करोड ४६ लाख रुपैयाँ थियो। नाफा ६० करोड ८० लाख रुपैयाँ अर्थात् ८५.०८ प्रतिशतले घटेको छ।
यस अवधिमा आरम्भ चौतारी लघुवित्तले १० करोड २० लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष ८ करोड ८० लाख रुपैयाँ थियो। नाफा १ करोड ४० लाख रुपैयाँ अर्थात् १५.९१ प्रतिशतले बढेको छ।
यस अवधिमा डिप्रोक्स लघुवित्तले ९८ करोड ९४ लाख ३० हजार रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष ५७ करोड ६० लाख रुपैयाँ थियो । नाफा ४१ करोड ३४ लाख ३० हजार रुपैयाँ अर्थात् ७१.७० प्रतिशतले बढेको छ।
लक्ष्मी लघुवित्तले आज १० करोड ६८ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष ४ करोड ७२ लाख रुपैयाँ थियो। नाफा ५ करोड ९६ लाख रुपैयाँ अर्थात् १२६.२७ प्रतिशतले बढेको छ।





प्रतिक्रिया दिनुहोस्