बैतडी । बैतडी पुगेका पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई हेलिकप्टरमार्फत कैलालीको धनगढी लगिएको छ । उनले धनगढीबाट काठमाडौं लगिने छ ।
स्वास्थ्यमा समस्या आएपछि नेपाली सेनाको हेलिकप्टरबाट मन्त्री लम्साललाई धनगढी लगिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिए ।
“स्वास्थ्यमा समस्या आएपछि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर उहाँलाई धनगढी लगिएको छ”, प्रजिअ अर्यालले भने ।
मन्त्री लम्सालको टोली शुक्रबारदेखि सुदूरपश्चिमका विभिन्न जिल्लाको राजमार्ग र पूर्वाधारको अवस्थाको निरीक्षण गर्न आएको हो । उनी दार्चुलाबाट फर्किएर बैतडीका विभिन्न क्षेत्र र बझाङ जाने कार्यक्रम तय भएको थियो ।





प्रतिक्रिया दिनुहोस्