काठमाडौं । सेयर बजारमा सामान्य सुधार आएको छ ।
बजार मापन गर्ने सूचक ७.१७ अंकले बढेर परिसूचक २६२९.४० बिन्दु कायम भएको छ । कारोबारमा १३२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीकै मूल्य घटेको छ ।
बिहीबार ३४५ कम्पनीको ९५ लाख ७६६ कित्ता सेयर ४ अर्ब ४० करोड १४ लाख ९ हजार ८५८ रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा बैंकिङ, जलिवद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य उपसूचकको सूचक बढेको छ बाने बाँकी समूहका उपसूचक घटेका छन् ।
कारोबारमा माउन्ट एभरेष्ट पावर,सर्वोत्त पेन्टस कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ ।





प्रतिक्रिया दिनुहोस्