Skip to content

सेयर बजार र कारोबार रकम दुबै घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार र कारोबार रकम दुबै घटेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक १०.६७ अंक घटेर २६१८.७२ विन्दुमा झरेको छ।

सेयर बजारसंगै आज कारोबार रकम पनि घटेको छ। बिहीबार ४ अर्ब ४० करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा आज ४ अर्ब १६ करोड ७६ लाख १८ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

आज १३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.०६ प्रशित घटेको छ।

आज सर्वोत्तम पेन्ट्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज सो कम्पनीको सेयरमूल्य १०४ रुपैयाँ बढेर ७९७ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। यसैगरी, आज पञ्चकन्या माइ हाइड्रोपावरको सेयरमूल्य करिब १४ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आज २६ करोड ३७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T