काठमाडौं । चालु आर्थिक वर्ष २०८३–८४ को पहिलो महिनामा नेपालमा करिब पौने २ अर्ब रुपैयाँ बराबरका विद्युतीय सवारीसाधन (ईभी) आयात भएका छन्। भन्सार विभागको तथ्यांकअनुसार साउन महिनामा विभिन्न प्रकारका विद्युतीय तीनपांग्रे तथा अन्य विद्युतीय सवारीसाधन गरी कुल १ अर्ब ८४ करोड ३२ लाख ९८ हजार रुपैयाँ बराबरको आयात भएको हो।
यस अवधिमा सरकारले ती विद्युतीय सवारीसाधनको आयातबाट १ अर्ब १४ करोड ४६ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। तथ्यांकअनुसार सबैभन्दा धेरै ईभी चीनबाट आयात भएको देखिन्छ। चीनबाट अनएसेम्बल्ड विद्युतीय तीनपांग्रे सवारीसाधन १ हजार १७१ थान आयात भएका छन्। त्यस्तै चीनबाटै ५१७ थान विद्युतीय तीनपांग्रे सवारीसाधन तथा अन्य विद्युतीय सवारीसाधन ४८९ थान आयात भएका छन्।
भारतबाट २०० थान विद्युतीय तीनपांग्रे सवारीसाधन र १९९ थान अन्य विद्युतीय सवारीसाधन आयात भएका छन्। त्यस्तै अमेरिकाबाट एक थान अन्य विद्युतीय सवारीसाधन आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।
आयात भएका यी सवारीसाधनमध्ये चीनबाट आएका अन्य विद्युतीय सवारीसाधनको आयात मूल्य सबैभन्दा बढी १ अर्ब २३ करोड ६१ लाख २८ हजार रुपैयाँ रहेको छ। यस शीर्षकबाट मात्रै सरकारले ८८ करोड ५९ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।






प्रतिक्रिया दिनुहोस्