Skip to content

हामीले नोटबन्दीबारे सोचेका छैनौँ: अर्थमन्त्री डा. वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका छन् ।

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा उनले सो कुरा बताए ।

 

छलफलमा सहभागी नागरिकहरूले ‘नोटबन्दी किन नगर्ने?’ भनी प्रश्न गरेपछि उनले सरकारको धारणा स्पष्ट पारे । “नोटबन्दीका बारेमा यहाँहरूका रोचक प्रश्नहरू सुनेँ। तर, अहिले हामीलाई यो उपयुक्त हुन्छ जस्तो लाग्दैन। नोटबन्दीबारे हामीले सोचेका छैनौँ,” उनले भने ।

यो अभ्यास गरेका अन्य मुलुकहरूमा पनि नोटबन्दीको सफलता राम्रो नदेखिएको उनको भनाइ छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T