Skip to content

जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित २० वर्षीय कर्ण पक्राउ

nabil
global ime
काठमाडौं । गत वर्षको जेन्जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान ‘सट गन’ सहित प्रहरीले झापाको दमकबाट आज एक युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–६ घर भई हाल दमक नगरपालिका–२ रतुवा पुल नजिक अक्ष इन्टरप्राइजेज मोटरसाइकल ग्यारेजमा काम गर्दै आएका २० वर्षीय सुमन कर्ण रहेका छन् ।
प्रहरी नायब उपरीक्षक अवाका अनुसार गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा लुटिएको सट गन दमक नगरपालिका–४ त्रिवेणी चोकस्थित खैरबारीमा लुकाएर राखिएको भन्ने गोप्य सूचना प्रहरीले प्राप्त गरेको थियो । उक्त सूचनाका आधारमा प्रहरीले कर्णलाई नियन्त्रणमा लिएर उनले बताएको स्थानमा खोजतलास गरेको थियो ।
सो क्रममा प्रहरीको ‘मिक’ कम्बलमा पोका पारी लुकाएर राखिएको अवस्थामा एक थान सट गन फेला परेको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक अवाले सट गन कहाँबाट लुटिएको हो र आन्दोलनका क्रममा हतियार कसरी कर्णको हातमा पुग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T