Skip to content

सरकार बनेयता पुँजी बजारमा लगानीकर्ताको ६ खर्ब डुब्यो, ३६ देशले चिनेका अर्थमन्त्री चिठ्ठा खेलाउन व्यस्त: सांसद संग्रौला

काठमाडौं । सांसद अम्बिकादेवी संग्रौलाले यो सरकार गठन भएयता पुँजी बजारमा ६ खर्ब रकम डुबेको बताएकी छिन् । आज प्रतिनिधि सभाको बैठकमा उनले यस्तो बताएकी हुन् ।

”सरकार गठन भएपछि पुँजीबजारमा ६ खर्ब रुपैयाँ डुबेको छ । यत्रो समस्या हुँदा पनि अर्थमन्त्रीज्यू चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छ” उनले प्रश्न गरिन, ”अर्थतन्त्रको समस्या समाधान नगरी देश विकास हुन्छ र ?”

उनले चालु आर्थिक वर्षको बजेट असफल भइसकेको सम‍ेत दाबी गरिन् । ”बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि व्यवसायीहरू ऋण लिएर लगानी गर्न इच्छुक नदेखिनु सरकारको आर्थिक नीतिप्रति अविश्वास भएको संकेत गरेको छ” उनले भनिन् ‘उहाँले ३६ देशलाई चिनेर आफ्नो देशलाई चिन्न सक्नु भएन ।”

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T