Skip to content

३९ दिनपछि २६ सय बिन्दु तल झर्यो सेयर बजार

काठमाडौं । लामो समयपछि सेयर बजार मापक परिसूचक नेप्से २६ सय बिन्दुभन्दा तल झरेको छ । सोमबारको कारोबारपछि नेप्से २६ सय बिन्दुको तल आएको हो ।
सोमबार सेयर बजार मापक नेप्से परिसूचक १९.१३ अंकले घटेर २५९९.५८ बिन्दुमा झरेको छ । यसअघि असार ३२ गते नेप्से परिसूचक २५९७.८० बिन्दुमा रहेको थियो ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। गत शुक्रबार ४ अर्ब १६ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा आज ३ अर्ब २३ करोड ९७ लाख ६० हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएको १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक आज सबैभन्दा धेरै घटेको छ ।
आज सर्वोत्तम पेन्ट्सको सेयरमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १२ करोड ७२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T