Skip to content

२७ वर्षदेखि बन्द रहेको वीरगन्ज चिनी मिल पुनःसञ्चालनको तयारी, सम्भाव्यता अध्ययन अघि बढ्यो (तस्विरहरु)

काठमाडौं । विगत २७ वर्षदेखि बन्द रहेको ऐतिहासिक वीरगन्ज चिनी मिल पुनःसञ्चालनको सम्भाव्यता अध्ययन अघि बढेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित कार्यदलले मंगलबार कारखानाको स्थलगत निरीक्षण गर्दै भौतिक संरचना, मेसिनरी तथा उपकरणको अवस्थाबारे प्राविधिक मूल्याङ्कन गरेको हो ।

सिडिई श्रीकान्त यादवको संयोजकत्वमा गठित कार्यदलले १५ दिनभित्र विस्तृत प्रतिवेदन सरकारसमक्ष पेस गर्नेछ । सरकारको यो कदमसँगै लामो समयदेखि बन्द रहेको वीरगन्ज चिनी मिल पुनः सञ्चालनमा आउने सम्भावना थप बलियो बनेको मन्त्रालयले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T