काठमाडौं । मंगलबार सेयर बजार घटेको छ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक ५.३० अंकले घटेर २५९४.२७ बिन्दुमा झरेको छ ।
यसैगरी, आज सेयर बजारमा ४ अर्ब १० करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारमा आएका ७८ बढेको छ भने १८७ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको सेयर मूल्य घटे यथावत रहेको छ ।
आज सर्वोत्तम पेन्ट्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो कारोबारमा आएको धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य आज सबैभन्दा धेरै घटेको छ । यस कम्पनीको सेयर मूल्य आज १०.०७ प्रतिशत घटेको छ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अंक बढेको हो।
कारोबार रकमका आधारमा यस दिन मकर जितुमाया सुरी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ९० करोड ७ लाख ९७ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
प्रतिक्रिया दिनुहोस्