Skip to content

चीनले भन्यो–नदी थुनिएको स्थानमा ताल ७ मिटर अग्लो ड्याम खुल्न बाँकी: भोटेकोसी र त्रिशूली क्षेत्रमा जोखिम कायमै, सतर्कता अपनाउन आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा खुल्न बाँकी रहेको छ। ताल पूर्ण रूपमा नखुलेका कारण भोटेकोसी र त्रिशूली नदी आसपासका क्षेत्रमा जोखिम कायमै रहेको जानकारी दिइएको छ ।
चिनियाँ पक्षबाट प्राप्त सूचनाअनुसार सम्भावित जोखिमलाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म नदी किनार तथा आसपासका जोखिमयुक्त क्षेत्रमा नजान र सुरक्षित स्थानमा रहन आग्रह गरिएको प्राधिकरणले जनाएको छ ।
सम्बन्धित क्षेत्रका बासिन्दा तथा यात्रुलाई नदीको बहावमा आउन सक्ने परिवर्तनप्रति सचेत रहँदै आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T