Skip to content

रसुवाको भोटेकोशीमा एक्कासि ठूलो बाढी, क्षतिको विवरण संकलन हुँदै

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि ठूलो बाढी आएको छ। बाढी आएपछि नदी आसपासका क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् भने सुरक्षा निकायलाई सतर्क अवस्थामा राखिएको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बुधबार बिहान करिब सवा ९ बजेतिर भोटेकोशी नदीमा अचानक ठूलो बाढी आएको जानकारी प्राप्त भएको हो। बाढीको कारण र त्यसबाट भएको क्षतिको यकिन विवरण भने तत्काल प्राप्त हुन नसकेको उनले बताए।

बाढी आएपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ। साथै, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय प्रशासनको टोली सम्भावित क्षतिको मूल्याङ्कन र उद्धार तथा राहत तयारीमा परिचालन गरिएको छ।

प्रशासनले नदी आसपासका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा सतर्क रहन सर्वसाधारणलाई अनुरोध गरेको छ। बाढीको कारण, बहावको अवस्था र सम्भावित क्षतिबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T