काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोनमार्फत कुराकानी गर्दै रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
मोदीले बाढीका कारण ज्यान गुमाएका नेपालीहरूप्रति समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा भारतका जनता नेपाली दाजुभाइ तथा दिदीबहिनीको साथमा रहेको बताए ।
उनले भारत नेपाललाई आवश्यक सबै प्रकारका मानवीय सहायता उपलब्ध गराउन तयार रहेको मोदीले बताए । साथै, उद्धार तथा राहत कार्यमा सहजीकरणका लागि भारतीय टोलीले नेपालका सम्बन्धित निकायसँग नजिकबाट समन्वय गरिरहेको जनाइएको छ।
भारतले विपद्को यस कठिन घडीमा नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको मोदीले सामाजिक सन्जाल मार्फत जानकारी गराए ।






प्रतिक्रिया दिनुहोस्