Skip to content

तिब्बतमा बाढीपछि ५५८ जना बेपत्ता, २६० विदेशी नागरिक

काठमाडौं । चीन–नेपाल सीमामा पर्ने तिब्बतमा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने ५५८ जना अझै बेपत्ता रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ । बेपत्तामध्ये २६० जना विदेशी नागरिक रहेको बताइएको छ ।

बुधबार बिहान सीमावर्ती क्षेत्रमा माटो र भग्नावशेष भवनमाथि खसेपछि एक हजारभन्दा बढी उद्धारकर्मीले खोजी तथा उद्धार कार्य जारी राखेका छन् । उद्धारमा खोजी कुकुर र ड्रोन प्रयोग गरिएको छ । निगरानी भिडियोमा धेरै मानिस ज्यान जोगाउन भागिरहेको देखिएको छ ।

चीनको अर्धसैनिक पिपुल्स आर्म्ड पुलिसका सदस्य ली किपुले अस्थिर भूभाग र साँघुरा पहाडी सडकका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको बताए । मुख्य प्रकोपस्थलमा ठूला सवारीसाधन र भारी उपकरण पुग्न नसके पनि आसपासका सडक खुला रहेकाले आवश्यक सामग्री पुर्‍याइएको उनले जानकारी दि ।

सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार सीमा क्षेत्रमा करिब ८०० उद्धारकर्मी र १५० भन्दा बढी सवारीसाधन परिचालन गरिएको छ । अग्निशमन सेवाले खोजी कुकुर, मानिसको उपस्थिति पत्ता लगाउने स्क्यानर र साना डुङ्गासहित ४३१ कर्मचारी खटाएको छ । राहत सामग्री बोकेका नागरिक तथा सैन्य विमानसमेत तिब्बत पुगेका छन् ।

रातभर वर्षा भइरहेकाले थप पहिरो र चट्टान खस्ने जोखिम उच्च रहेको अधिकारीहरूले बताएका छन् । यसले उद्धार कार्य थप चुनौतीपूर्ण बन्न सक्ने जनाइएको छ ।

तिब्बत स्वायत्त क्षेत्र विदेशी पत्रकारका लागि सीमित पहुँचको क्षेत्र रहँदै आएको छ । विदेशी पत्रकारलाई सामान्यतया चिनियाँ सरकारद्वारा आयोजित भ्रमणमार्फत मात्र त्यहाँ पुग्न अनुमति दिइन्छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T