काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कालिका कन्स्ट्रक्सनले १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक विक्रम पाण्डेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ जम्मा गरेका हुन्। उक्त रकम कृषि विकास बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको जनाइएको छ।
बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले उक्त रकम उपलब्ध गराएको हो।
कालिका कन्स्ट्रक्सनले विपद्का बेला प्रभावित नागरिकलाई सहयोग गर्न आफ्नो तर्फबाट उक्त योगदान गरेको जनाएको छ।






प्रतिक्रिया दिनुहोस्