Skip to content

भोटेकोशी बाढीः प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न एमाले महासचिव शंकर पोखरेलको टोली नुवाकोट प्रस्थान

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्याएको क्षतिको स्थलगत निरीक्षणका लागि नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको नेतृत्वमा टोली नुवाकोटतर्फ प्रस्थान गरेको छ।

​च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयबाट निस्किएको टोलीमा पूर्वउपमहासचिव विष्णु रिमाल, सचिव राजन भट्टराई, स्वास्थ्य विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठ, र प्रचार विभाग प्रमुख निरज आचार्य र केन्द्रीय सदस्य पार्वत गुरुङ छन् ।

​त्यसैगरी, जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ, भूतपूर्व सैनिक/प्रहरी सङ्गठनका अध्यक्ष सहायक रथि विनोद पाण्डे( अप्र), मोर्चा सङ्गठन प्रमुख विशाल भट्टराई तथा युवा तथा खेलकुद विभाग प्रमुख अमित लामा,प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे समेत निरीक्षण टोलीमा सहभागी छन् ।

प्रचार विभाग प्रमुख आचारेयका अनुसार टोलीले बाढी प्रभावित क्षेत्रको निरक्षण,स्थानीयबासिन्दासँग अन्तरक्रिया गर्ने,स्थानीय तहरुसँग उद्दार तथा राहत वितरणको बारेमा जानकारी लिनेछ ।

यसैगरी स्थानीय प्रशासनसँग पनि प‍ोखरेल नेतृत्वको टोलीले,उद्दार,राहात तथा पुनस्र्थापनाका बारेमा छलफल गर्ने आचार्यले जानकारी दिए । उनका अनुसार राहात र उद्दारमा खट्न पार्टी कार्यकर्तालाई परिचालन समेत गरिनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T