Skip to content

बाढी प्रभावित बोकेको बस दुर्घटना, ३८ यात्रुमध्ये ३२ जना घाइते

nabil
global ime

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उद्धार गरिएका बाढी प्रभावितलाई लिएर घर फर्किंदै गरेको यात्रुवाहक बस नवलपरासी पूर्वको डण्डामा दुर्घटनामा परेको छ। दुर्घटनामा बसमा सवार ३८ जनामध्ये ३२ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार घाइतेमध्ये २७ जना उपचारपछि घर फर्किएका छन् भने पाँच जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

बर्दियाका नरेश थारू, अछामका विनोद नेपाली, बाँकेका श्यामु विक र रुकुम पूर्वकी ममता परियारको मध्यबिन्दु प्रादेशिक अस्पताल, नवलपरासी पूर्वमा उपचार भइरहेको छ।

यस्तै, सुर्खेतकी रीता गन्धर्वको पुरानो मेडिकल कलेज, चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

रसुवाबाट उद्धार गरी काठमाडौं ल्याइएका बाढी प्रभावितलाई लिएर बर्दियातर्फ जाँदै गरेको लु प्र ०१–००१ ख ०३८६ नम्बरको बस कावासोती नगरपालिका–१६, डण्डामा दुर्घटनामा परेको हो।

दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T