Skip to content

कृष्णभीरमा सडक चिरिएर भासियो, मुग्लिन–काठमाडौं सडक पूर्ण अवरुद्ध

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा सडक चिरिएर भासिएपछि मुग्लिन–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

सडकमा ठूलो चिरा देखिएर भासिन थालेपछि थप जोखिम हुन सक्ने भन्दै सुरक्षाका लागि सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएसँगै दुवैतर्फ सवारीसाधन लामबद्ध भएका छन् भने यात्रुहरू समस्यामा परेका छन्।

सडक डिभिजन कार्यालय, प्रहरी र सम्बन्धित निकायका प्राविधिक टोली घटनास्थलमा पुगेर निरीक्षण तथा मर्मतको तयारी गरिरहेका छन्। सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको भए पनि तत्काल खुल्ने सम्भावना नरहेको जनाइएको छ।

प्रहरीले अत्यावश्यक बाहेक उक्त मार्ग प्रयोग नगर्न तथा यात्रा अघि सडक अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T