Skip to content

कांग्रेसले पार्टी कोषमा सहयोग रकम जम्मा गरेर एकमुष्ठ सरकारलाई दिने

काठमाडौं । नेपाली कांग्रेसले विपद् प्रभावितका लागि पार्टी कोषमा जम्मा हुने सहयोग रकम एकमुष्ठ रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको छ।

कांग्रेसका सभापनि गगन थापाका अनुसार पार्टीका केन्द्रीय समिति लगायत विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ताबाट प्राप्त हुने सहयोग रकम पार्टीको कोषमा जम्मा गरिनेछ। त्यसपछि उक्त रकम एकमुष्ठ रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिनेछ।

कांग्रेसले पार्टीमा रहेका व्यक्तिहरूलाई पार्टीको कोषमा सहयोग रकम जम्मा गर्न आग्रह गरेको छ भने अन्य व्यक्तिहरूलाई सरकारको कोषमा सहयोग गर्न आह्वान गरेको छ।

कांग्रेसले राहत तथा उद्धारका लागि सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सरकारको काममा देखिएका कमजोरी र आवश्यकताका विषयमा ध्यानाकर्षण गराउने जनाएको छ। सरकारको काममा कहाँ ‘ग्याप’ छ र कहाँ कुन तरिकाले काम गर्न आवश्यक छ भन्ने विषय औंल्याउनु सरकारको आलोचना नभई सहयोगकै एउटा पक्ष भएको कांग्रेसको भनाइ छ।

संसद्को बैठक सञ्चालनमा नरहेको अवस्थामा कांग्रेस संसदीय दलका नेताको नेतृत्वमा प्रधानमन्त्रीलाई भेटेर विपद् व्यवस्थापन तथा राहतका विषयमा ध्यानाकर्षण गराउने काम भइरहेको जनाएको छ। कांग्रेसले आगामी दिनमा पनि आवश्यकताअनुसार थप सहयोग र सुझाव दिने बताएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T