Skip to content

भोटेकोशी बाढी: राहत कोषमा रकम जम्मा गर्ने नाममा नक्कली बैंक खाता, क्यूआर प्रयोग हुन सक्ने भन्दै राष्ट्र बैंकले गरायो सचेत

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशीमा आएको बिनाशकारी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने नाममा हुन सक्ने ठगी प्रति सावधान रहन आग्रह गरेको छ ।

कोषमा रकम जम्मा गर्ने बाहनामा नक्कली क्यूआर कोड तथा बैंक खाता प्रयोगमा सचेत रहन राष्ट्र बैंकले आग्रह गरेको हो ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जारी गरेको सूचनामा सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट गलत विवरण दिई रकम संकलन हुन सक्ने भएकाले सावधानी अपनाउन समेत आग्रह गरिएको छ।

राहत कोषमा रकम जम्मा गर्न चाहनेले खाताको नाम अनिवार्य रूपमा यकिन गर्नुपर्ने, मोबाइल बैंकिङ, वालेट, कनेक्ट आईपीएस वा अन्य कुनै माध्यमबाट रकम ट्रान्सफर गर्दा खाताको नाम यकिन गर्नअनुरोध गरेको छ।

त्यस्तै, रकम पठाउनुअघि प्राप्तकर्ताको खाता नम्बर यकिन गर्न, आधिकारिक वेबसाइट वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सार्वजनिक गरिएका विवरणबाहेक अन्य माध्यमबाट प्राप्त बैंक खाता तथा क्यूआर कोड प्रयोग नगर्न आग्रह गरेको छ ।

राष्ट्र बैंकले अनधिकृत क्यूआर कोड स्क्यान नगर्न, सामाजिक सञ्जाल, इमेल तथा मेसेजिङ एपमार्फत आएका शंकास्पद क्यूआर कोडबाट रकम नपठाउन पनि सचेत गराएको छ । साथै, ओटीपी, पिन, पासवर्ड तथा अन्य संवेदनशील व्यक्तिगत विवरण कसैलाई पनि उपलब्ध नगराउन भनेको छ ।

राहत कोषका लागि रकम पठाउँदा आधिकारिक एप्लिकेसन प्रयोग गर्न र अनलाइन कारोबारसम्बन्धी जानकारी लिँदा नेपाल राष्ट्र बैंक तथा सम्बन्धित बैंक/वित्तीय संस्थाका आधिकारिक माध्यमलाई मात्र आधार बनाउन बैंकले सुझाव दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T